रवि लामिछानेलाई ३:१० को फ्लाइटमा काठमाडौँ ल्याइँदै
बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रुपन्देही कारागारबाट सरुवा गरेर आज दिउँसो काठमाडौँ ल्याइँदै छ।
कारागार व्यवस्थापन विभागका अनुसार लामिछानेलाई आज दिउँसो ३:१० बजे बुद्ध एअरको फ्लाइटमार्फत काठमाडौँ ल्याउन लागिएको हो।
बुटवलको सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि गत चैत २५ गतेदेखि रुपन्देही कारागारमा रहेका लामिछानेले जेठमै नक्खु कारागारमा सरुवाका लागि निवेदन दिएका थिए। तर, प्रक्रिया तत्काल अघि बढ्न सकेको थिएन।
केही दिनअघि राष्ट्रिय मानव अधिकार आयोगको टोलीले रुपन्देही कारागार अनुगमन गर्ने क्रममा लामिछानेले भैरहवामा आफ्नो ज्यानसमेत असुरक्षित रहेको बताएपछि सरकारले उनलाई काठमाडौँ सार्ने निर्णय गरेको हो।
ताजा अपडेट
-
अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
-
दीपक भट्टसित जोडिएका मृगेन्द्रनाथ रिमाल पक्राउ
-
देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, अब उपयोगमा नरहेका तथा बाँझो निजी जग्गा भूमि बैंकमार्फत दिन सकिने
-
स्ट्रेट अफ हर्मुज पार गर्ने प्रयासमा रहेका तीन वटा तेल ट्याङ्कर इरानी नियन्त्रणमा
-
झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी


प्रतिक्रिया