NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २२ गते

२७ अंकले घट्यो नेप्से

काठमाडौं– आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७.१४ अंकले घटेको छ । नेप्से ०.९७ प्रतिशतले घटेर परिसूचक २७६१.२२ विन्दुमा आएको छ ।

नेप्से घट्दा ७ अर्ब ७३ करोड ५१ लाख १९ हजार रुपैयाँ बराबरको २ करोड ५ लाख १३ हजार ६२५ कित्ता शेयर कारोबार भएको छ ।

बजार बन्द हुँदा ५८ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १९१ वटा कम्पनीको शेयर मूल्य घटेको छ । कुनै पनि कम्पनीको शेयर मूल्य स्थिर भने भएको छैन ।

दिनभरमा ३१७ वटा कम्पनी कारोबारमा आउँदा ८६ हजार ६६९ पटक शेयर किनबेच भएको छ ।
आइतबार १३ समूहमध्ये सबै समूह राताम्य भएको छ ।