दशैं–तिहारमा सार्वजनिक यातायातको भाडा नबढ्ने
काठमाडौं -भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यसपटक दशैं–तिहारमा सार्वजनिक यातायातको भाडा नबढ्ने जानकारी दिएको छ ।
आइतबार बसेको पूर्वाधार विकास समितिमा बोल्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले दशैं र तिहारको समयमा भाडा बढाउने योजना नरहेको बताएका हुन् । उनले भने, ‘इन्धनको मूल्य बढे बढाउने, मूल्य घटे घटाउने खालको अटोमेसन सिस्टम हाम्रोमा छ । यसपालीको दशैं–तिहारमा ठ्याक्कै भाडा बढाउने योजना रहेको छैन ।’
उनले व्यवसायीहरुलाई दशैं र तिहारको बेलामा मानिसको चहलपहल बढी हुने मौका पारेर भाडा बढाउने भएकाले त्यस्तो नगर्न पहल गरेको समेत बताए । उनले समितिमा मन्त्रालयको मातहतमा रहेका सडकहरु प्रदेश सरकारको निर्णयनुसार प्रदेशलाई हस्तान्तरण गर्ने बताए । ‘पहिले यी सडक प्रदेशले हेर्नुपर्छ भनेर जबरजस्ती थुपारेको अवस्था थियो । अहिले उहाँहरुले निर्णय गरेपछि उहाँहरुलाई हस्तान्तरण गरेका छौँ,’ उनले भने ।
यस्तै, समितिमा बोल्दै नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले पहिरोका बारेमा वर्षामा मात्र आवाज उठ्ने गरेको भन्दैै यसमा गम्भीर हुन आग्रह गरे ।
ताजा अपडेट
-
अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
-
दीपक भट्टसित जोडिएका मृगेन्द्रनाथ रिमाल पक्राउ
-
देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, अब उपयोगमा नरहेका तथा बाँझो निजी जग्गा भूमि बैंकमार्फत दिन सकिने
-
स्ट्रेट अफ हर्मुज पार गर्ने प्रयासमा रहेका तीन वटा तेल ट्याङ्कर इरानी नियन्त्रणमा
-
झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी


प्रतिक्रिया