९ अंकले बढ्यो सेयर बजार, ६ अर्ब १७ करोड रुपैयाँको कारोबार
काठमाडौं- गएको तीन सातामा १९४.२७ अंकले घटेर यो साता पहिलो कारोबारमा आइतबारसमेत २७.१४ अंकले घटेको सेयर बजार आज सोमबार भने बढेको छ।
सोमबार ९.१६ अंकले बढेर बजार २७७०.३९ बिन्दुमा पुगेको छ। १७५ कम्पनीको सेयर मूल्य बढेको बजारमा ६ अर्ब १७ करोड ९८ लाख रुपैयाँको कारोबार भएको छ। ७४ कम्पनीको सेयर मूल्य घटेको छ।
गएको वर्ष साउन ३१ गते ३०००.८१ को बिन्दुसम्म पुगेको बजार त्यसयता उतारचढावमा देखिएकोमा यही साउन १३ गते पनि ३००२.०८ बिन्दुसम्म पुगेको थियो। त्यसयता उतारचढावमा रहेको बजारमा ओरालो गति नै बढी देखिन्छ।
बजारले उचाइको गति तय गर्न सबै कुराले साथ दिइरहेको विश्लेषण भइरहँदा नयाँ उचाइ भेट्न कठिन बनिरहेको छ। २०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च ३१९९.०३ को बिन्दु पार हुने पर्खाइमा लगानीकर्ता लामो समयदेखि देखिन्छन्।
गएको वर्ष साउनमा देखिएको उछालपछि लामो समयसम्म बजार धरमर गरिरहँदा बुलिस ट्रेन्ड छायामा देखिएको थियो। बढ्दो बजारमा केही समय उतारचढाव हुनु स्वाभाविक नै मान्नुपर्ने भए पनि त्यो अलि लामै समय देखियो। जसले गर्दा केही लगानीकर्ता अतालिए भने केहीले सुझबुझपूर्ण ‘स्टप लस हन्ट’ गरे। अहिले पुन: बजार त्यही अवस्थामा देखिन्छ।
ताजा अपडेट
-
दूध अभावमा तीन महिनादेखि चितवन मिल्क बन्द
-
तेक्वान्दो खेलाडी वैभवीलाई चीनमा स्वर्णसहित दुई पदक
-
शिक्षामन्त्री प्रधानको राजीनामापछि कक्रोच आन्दोलन फिर्ता
-
प्रदेश सरकार संचालनका विषयमा एमाले र नेकपाबीच तीन बुँदे सहमति
-
मुगुमा घरमाथि पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु, बाबुआमा घाइते


प्रतिक्रिया