NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

ट्रम्प र जेलेन्स्की भेटवार्तामा भएन ठोस सहमति

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भ्लोदिमीर जेलेन्स्कीबीच वासिङटनमा भेटवार्ता भएको छ। युरोपेली नेताहरुसहित अमेरिका पुगेका जेलेन्स्कीले राष्ट्रपति ट्रम्पसँगको भेटलाई उपलब्धीमुलक भनेको बीबीसीले जनाएको छ।

ह्वाइट हाउसमा भएको वार्तापछि पत्रकारहरूसँग कुरा गर्दै उनले छलफलबाट सकारात्मक परिणाम हासिल भएको प्रतिक्रिया दिएका छन्। उनले यसअघि जस्तो कुनै वादविवाद नभएको र बैठक सकारात्मक रहेको बताए।

भेटका क्रममा ट्रम्पलाई आफूले युद्ध मैदानको नक्सा देखाउँदै कुन क्षेत्रमा कसको नियन्त्रण छ भन्नेबारे प्रष्ट पारेको पनि राष्ट्रपति जेलेन्स्कीको भनाई छ । युक्रेनी नेताहरुले पनि अमेरिका लगायत देशहरुले सुरक्षाको ग्यारेन्टी दिने विश्वास व्यक्त गरेका छन् । तर रुस र युक्रेनबीच युद्धविरामबारे कुनै सहमति भएन।

बरु ट्रम्पले भने, ‘अहिले यति चाँडै युद्धविराम सम्भव छैन ।’ यद्यपि, बैठकमा युक्रेनको सुरक्षा ग्यारेन्टीबारे छलफल भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। ट्रम्पले भने, ‘अमेरिका र युरोपेली देशहरू यसमा मिलेर काम गर्नेछन्।’

साथै रुसी राष्ट्रपति कार्यालय (क्रेमलिन) ले ट्रम्पले बैठक रोकेर आफ्ना राष्ट्रपति भ्लादिमिर पुटिनसँग ४० मिनेट फोनमा कुरा गरेको बताएको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलिन्स्कीबीचको भेट दुई हप्ताभित्र हुने बताएका छन्।

जर्मन चान्सलर फ्रिडरिख मर्जले ट्रम्पको यो भनाइलाई पुष्टि गर्दै शान्ति प्रक्रियाको लागि सकारात्मक संकेत भएको टिप्पणी गरे । ट्रम्पले युक्रेनका लागि दिएको सुरक्षा ग्यारेन्टीसम्बन्धी घोषणालाई युरोपेली नेताहरुले स्वागत गर्दै यो युरोप र युक्रेन दुवैका लागि महत्वपूर्ण कदम भएको बताएका छन्।

 

ताजा अपडेट

नेपालवाच विशेष