NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २२ गते

मुस्ताङमा एक महिलामा डेंगु सक्रमण

मुस्ताङ – हिमाली जिल्ला मुस्ताङमा एक महिलामा डेंगु संक्रमण देखिएको छ। वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाकी ३८ वर्षीया महिलामा डेंगु संक्रमण भएको हो । डेंगु सङ्क्रमित महिला बिरामी परेपछि उपचारका लागि प्रदेश अस्पताल जोमसोममा भर्ना भएकी थिइन्।

सोही क्रममा स्वास्थ्य परीक्षण गर्दा ती महिलामा डेंगु रोगको संक्रमण देखिएको अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा समिक्षा कँडेलले जानकारी दिए। उनका अनुसार बिरामी महिला उपचारपछि घर फर्किएका छन्।

साउनमा यहाँ डेंगु रोग संक्रमण देखिएको यो पहिलो घटना भएको डा कँडेलले जानकारी दिए। यहाँ आउने पर्यटकका माध्यमबाट यहाँ डेंगु संक्रमण देखिएको उनको भनाइ छ। यसअघि मुस्ताङस्थित प्रदेश अस्पताल जोमसोममा आव २०८०/८१ मा चार जना तथा आव २०८१/८२ मा १७ जनामा डेंगु संक्रमण देखिएको मुस्ताङ अस्पतालको तथ्यांकमा उल्लेख छ।