NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २२ गते

प्रधानमन्त्री ओलीको जिकिर : ‘युवाहरू तयार भए पद छाड्न तयार छु’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरू तयार भए आफू पद छोड्न तयार रहेको बताएका छन् ।

मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले युवाहरूको समय रहेको उल्लेख गरेका हुन् ।

प्रधानमन्त्री ओलीले युवाहरू अघि बढेर देश विकासमा लाग्नुपर्ने बताउँदै युवाहरू तयार भए आफू पद छोड्न तयार रहेको पनि बताए ।

‘यो युवाहरूको समय हो । युवाहरू अगाडि बढ्नुपर्छ । युवाहरूले गर्न सक्नुपर्छ । यो कुरा थाहा पाएपछि भन्छन्, तपाईँले किन पद नछोडेको ?,’ प्रधानमन्त्री ओलीले भने, ‘म त छोड्न तयार नै छु नि । युवाहरू तयार हुनुपर्‍यो नि त । म इन्करेज गर्न चाहन्छु यूथहरूलाई ।’

प्रधानमन्त्री ओलीले वैज्ञानिक खोज, अध्ययनसँगै नयाँ नयाँ विकास, आविष्कार र प्रगति भएको पनि बताएका छन् ।