हमासले युद्धविराम प्रस्ताव स्वीकारेपछि इजरायलद्वारा सबै बन्धकलाई रिहा गर्न माग
एजेन्सी – इजरायलका एक वरिष्ठ अधिकारीले हमासले युद्धविरामको नयाँ प्रस्ताव स्वीकार गरेपछि सरकार भविष्यमा गाजामा हुने कुनै पनि सम्झौतामा बन्धक बनाइएका सबैलाई रिहा गर्ने आफ्नो आह्वानमा अडिग रहेको बताएका छन्।
करिब दुई वर्षदेखि जारी युद्ध अन्त्य गर्ने उद्देश्यले हमासले नयाँ चरणको वार्ताका लागि तयार रहेको सङ्केत गरेको एक दिनपछि मध्यस्थकर्ताहरूले यो योजनामा इजरायलको आधिकारिक प्रतिक्रियाको प्रतिक्षा गरिरहेका छन्।
मध्यस्थकर्ता कतारले नयाँ प्रस्तावका लागि आशावादी रहेको बताउँदै यो प्रस्ताव इजरायलले सहमति गरेको पहिलेको संस्करणसँग ‘लगभग मिल्दोजुल्दो’ रहेको उल्लेख गरेको छ।
नाम नबताउने शर्तमा इजरायलका एक वरिष्ठ अधिकारीले एएफपीसँग कुरा गर्दै सरकारको अडानमा कुनै परिवर्तन नआएको र कुनै पनि सम्झौता गरी बन्धक बनाइएका सबैलाई रिहा गर्न माग गरेका छन् ।
यी दुई शत्रुले युद्ध अवधिभर अप्रत्यक्ष वार्ता गरेका छन् र दुई पटक छोटो समयका लागि युद्धविराम भएको छ । युद्धविरामका क्रममा दर्जनौँ इजरायली बन्धकहरूको बदलामा हजारौँ प्यालेस्टिनी कैदीहरूको रिहा गरिएको थियो तर ती युद्धविरामले उनीहरूलाई स्थायी युद्धविरामको मध्यस्थता गर्न सफल बनाउन सकेका छैनन् ।
संयुक्त राज्य अमेरिकाको पहलमा कतार र इजिप्टले बारम्बार कूटनीतिक वार्ता गरी युद्धविराम मध्यस्थताका लागि पहल गरेका छन्।
इजिप्टले सोमबार भनेको छ, “इजिप्ट र कतारले इजरायललाई नयाँ प्रस्ताव पठाएको छ र ‘बल अब उसको कोर्टमा’ छ।”
कतारी विदेश मन्त्रालयका प्रवक्ता माजेद अल अन्सारीले हमासले ‘निकै सकारात्मक प्रतिक्रिया दिएको र यो वास्तवमै इजरायली पक्षले यसअघि गरेको सहमतिसँग मिल्दोजुल्दो रहेको’ बताएका छन् ।
उनले भने, ‘हामी कुनै सफलता हासिल भएको दाबी गर्न सक्दैनौं । तर यो सकारात्मक पक्ष हो भन्ने हाम्रो विश्वास छ।’
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया