पोखरामा आप्रवासी स्रोत केन्द्र स्थापना
कास्की । वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन परामर्श तथा सहजीकरणका लागि जिल्ला प्रशासन कार्यालयको परिसरमा आप्रवासी स्रोत केन्द्र (सहायता कक्ष) स्थापना भएको छ । पोखरा महानगरपालिकाले रु. १६ लाख लागतमा केन्द्र स्थापना गरेको हो ।
केन्द्रबाट सुरक्षित वैदेशिक रोजगारसम्बन्धी सूचना तथा परामर्शका साथै कानुनी सहायता गरिने पोखरा महानगर प्रमुख धनराज आचार्यले बताए ।
वैदेशिक रोजगारीमा जाने तयारीका युवालाई वैदेशिक रोजगारीमा जाँदा अपनाउनुपर्ने सुरक्षासम्बन्धी परामर्श, सावधानी तथा नि:शुल्क तालिमका लागि सिफारिस तथा अप्ठ्यारोमा परेकालाई कानुनी सहायताका लागि केन्द्र स्थापना गरिएको उनको कथन छ ।
ताजा अपडेट
-
अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
-
दीपक भट्टसित जोडिएका मृगेन्द्रनाथ रिमाल पक्राउ
-
देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, अब उपयोगमा नरहेका तथा बाँझो निजी जग्गा भूमि बैंकमार्फत दिन सकिने
-
स्ट्रेट अफ हर्मुज पार गर्ने प्रयासमा रहेका तीन वटा तेल ट्याङ्कर इरानी नियन्त्रणमा
-
झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी


प्रतिक्रिया