रास्वपाको प्रश्न : उपसभामुखको विषयलाई अहिले किन हतियार बनाइयो
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मानव तस्करीको जालो नभत्किएसम्म दोषी कानुनको कठघरामा नआउने भन्दै सरकारले छानबिन नगरेकोमा प्रश्न गरेको छ।
बिहीबार प्रतिनिधि सभा बैठकमा आफ्नो धारणा राख्ने क्रममा रास्वपा सांसद शिव नेपालीले उपसभामुख इन्दिरा राना मगरमाथि पटक पटक प्रतिशोध राखेर प्रश्न उठाउने काम भएको आरोप लगाए ।
उपसभामुख राना अमेरिका भ्रमणमा जानुअघि संसद् सचिवालयको लेटरहेड हतै दर्ता नभएको र कार्यान्वयन पनि नभएको जिकिर गर्दै उनले त्यतिबेलै किन कारबाही नभएको भन्दै प्रश्न गरे ।
‘त्यो पत्र कहिँकतै दर्ता छैन । कार्यान्वयन भएको पनि छैन । तर, त्यसलाई १७ महिना लुकाएर सार्वजनिक गरियो,’ सांसद नेपालीले भने, ‘यदि त्यो गलत थियो भने त्यसैबेला कारबाही किन भएन ? किनभने त्यतिबेला संवैधानिक निकायको चर्चा थिएन । अहिले किन राजनीतिक हतियार बनाइयो ?’
मानव तस्करीजस्तो गम्भीर विषय उठ्दा ठुला दल किन तर्सिएको ? भन्दै उनले प्रश्न गरे ।
‘रास्वपाले स्वतन्त्र छानबिन समिति बनाउनुस् हामी सहयोग गर्छौँ भनेको थियो । किन भएन ? उपसभामुखजस्तो पदलाई बारम्बार खेलौना बनाउन कसरी मिल्छ ? त्यसैले यो राजनीतिक खेल बन्द गरियोस्,’ सांसद नेपालीले भने ।
संसारका हरेक राष्ट्रहरूमा जब भ्रष्टाचार र अत्याचारको सीमा चरम भएपछि परिवर्तनको बाहकलाई राष्ट्रले जन्माउने उनले बताए ।
‘
ताजा अपडेट
-
परराष्ट्रमन्त्री खनाल तीन दिने भारत भ्रमणमा
-
सुदन गुरुङमाथि छानबिन गर्न गठित समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन
-
मोदी मेरा घनिष्ठ मित्र हुन्, भारतसँग व्यापार सम्झौता छिट्टै हुने आशा छः ट्रम्प
-
राज्य व्यवस्था समितिको बैठक आज बस्दै, तीन उपसमिति गठनको तयारी
-
मनसुन भारतको केरला आइपुग्यो, नेपाल कहिले आइपुग्छ ?


प्रतिक्रिया