पूर्वराष्ट्रपतिले असन्तुष्ट र जनसंगठनमा हारेकालाई बोकेर हिँडेको ओलीको आरोप
काठमाडौँ- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले झुक्याएर पार्टी सदस्यता नवीकरण गर्न खोजेको आरोप लगाएका छन् ।
शुक्रबार अपरान्ह आम जनता पार्टी (आजपा) का वरिष्ठ उपाध्यक्ष उपेन्द्र साहसहित विभिन्न नेता कार्यकर्तालाई आज एमाले पार्टी प्रवेश गराउने क्रममा च्यासलबाट सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यता कायम हुन नहुनेबारे एमाले केन्द्रीय कमिटीको साउन ५-६ गतेको निर्णयबारे पनि ओलीले स्पष्ट हुन आग्रह गरे ।
उनले नवौँ महाधिवेशनमा उपाध्यक्ष बनेकी भण्डारीले राष्ट्रपति पदमा गएपछि पार्टी सदस्यता त्यागेको दाबी गरे । भण्डारीले शीतल निवासबाट बाहिरिएपछि यसअघि त्यागेको पार्टी सदस्यता नवीकरण या नयाँका लागि निवेदन नै नदिएको उनले जिकिर गरे ।
‘अहिले पूर्व राष्ट्रपतिको सदस्यता खोसिएको भन्ने आरोपका कुरा आएका छन्’, उनले भने, ‘खासमा उहाँले राष्ट्रपति भएपछि पार्टी सदस्य त्याग्नुभएको हो । हुँदै नभएको सदस्यता कर्मचारीलाई झुक्याएर रसिद काट्दैमा कायम हुँदैन ।’
ताजा अपडेट
-
अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
-
दीपक भट्टसित जोडिएका मृगेन्द्रनाथ रिमाल पक्राउ
-
देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, अब उपयोगमा नरहेका तथा बाँझो निजी जग्गा भूमि बैंकमार्फत दिन सकिने
-
स्ट्रेट अफ हर्मुज पार गर्ने प्रयासमा रहेका तीन वटा तेल ट्याङ्कर इरानी नियन्त्रणमा
-
झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी


प्रतिक्रिया