सवारी दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान घाइते
मकवानपुर। मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ पशुपतिनगरस्थित पूर्व–पश्चिम सडकखण्डमा शनिबार साँझ भएको सवारी दुर्घटनामा एक महिलाको ज्यान गएको छ ।
मकवानपुर प्रहरीका अनुसार रातोमाटेबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०२–०४५ प ५५९७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा.प्र.०३–००५ प ९०६९ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा वीरगञ्ज महानगरपालिका–१३, मुर्ली बस्ने वर्ष ४८ का प्रविण श्रेष्ठ घाइते भएका छन् । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । तर, सोही मोटरसाइकलमा पछाडि सवार उनकी श्रीमती वर्ष ४३ की कविता जोशी श्रेष्ठ भने दुर्घटनामा परेर थप गम्भीर घाइते भएकी थिइन् ।
दुर्घटनामा परेकी कविता हेटौंडाबाट रातोमाटेतर्फ जाँदै गरेको ना.७ ख ५०१० नम्बरको यात्रुवाहक बसमा समेत ठोक्किएकी थिइन् । उनलाई तत्कालै उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल लगिएको थियो । तर, उपचारकै क्रममा साँझ करिब ५ः३० बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।
दुर्घटनापछि घटनास्थलमा प्रहरी टोली खटिएको थियो । दुवै मोटरसाइकल, दुर्घटनामा संलग्न बस तथा बस चालकलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले नियन्त्रणमा लिएको जनाएको छ ।
ताजा अपडेट
-
अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
-
दीपक भट्टसित जोडिएका मृगेन्द्रनाथ रिमाल पक्राउ
-
देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, अब उपयोगमा नरहेका तथा बाँझो निजी जग्गा भूमि बैंकमार्फत दिन सकिने
-
स्ट्रेट अफ हर्मुज पार गर्ने प्रयासमा रहेका तीन वटा तेल ट्याङ्कर इरानी नियन्त्रणमा
-
झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी


प्रतिक्रिया