NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा ३ सय रुपैयाँले घटेर एक लाख ९७ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार सुन तोलामा एक लाख ९५ हजार ५०० सय रुपैयाँमा कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी पाँच रुपैयाँले बढेर तोलामा २ हजार ३ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला २ हजार ३ सयमा ५० रुपैयाँमा कारोबार भएको थियो ।