भारतलाई लगायो अमेरिकाले आजदेखि ५० प्रतिशत भन्सार कर
काठमाडौँ । अमेरिकाले भारतविरुद्ध थप गरेको २५ प्रतिशत भन्सार कर आजदेखि लागु गर्ने जनाएको छ।
अमेरिकी भन्सार तथा सीमा सुरक्षाले आज बिहान सूचना जारी गरी भारतबाट आफ्नो देश आउने सामानमा अबदेखि कुल ५० प्रतिशत कर लाग्ने जानकारी दिएको हो।
पहिले २५ प्रतिशत र पछि थपिएकोसमेत भारतसँग निर्यातबापत अमेरिकाले कुल ५० प्रतिशत कर लिने भएको हो। ‘२०२५ अगस्ट २७ वा यसपछि प्रयोगका लागि आउने वा गोदामबाट बाहिर निकालिने कुनै पनि भारतीय सामान यो बढेको करको दायरामा पर्नेछ सूचनामा उल्लेख गरेको छ ।
भारतले रुसबाट कच्चा तेल खरिद गरेर युक्रेनविरुद्धको युद्धमा सहयोग पुर्याइरहेकाले ५० प्रतिशत कर लगाइएको अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्।
ताजा अपडेट
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन


प्रतिक्रिया