सामाजिक सञ्जाललाई एक साताभित्र सूचीकरण गर्न सरकारको आह्वान
काठमाडौँ — सरकारले फेसबुकसहितका सामाजिक सञ्जाललाई सात दिनभित्र सूचीकरण हुन समय दिने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका २०८० र सर्वोच्च अदालतको आदेश अनुसार सामाजिक सञ्जालालाई जवाफदेही बनाउने निर्णय गरेको हो ।
सात दिनको समय दिएर सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरण हुन सामाजिक सञ्जालहरूलाई आह्वान गरेको छ ।
तोकिएको समयमा सूचीकरण नगरेका वा मन्त्रालयसँग सम्पर्क नगरेका सामाजिक सञ्जाललाई नेपालभित्र प्रयोग गर्न नदिने निर्णय पनि सरकारले गरेको छ ।
सूचनामा उल्लेख भएअनुसार दर्ता हुनेबित्तिकै त्यस्तो प्रतिबन्ध अन्त्य गरिनेछ । सरकारले यसका लागि नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिने निर्णय पनि गरेको छ ।
ताजा अपडेट
-
अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
-
दीपक भट्टसित जोडिएका मृगेन्द्रनाथ रिमाल पक्राउ
-
देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, अब उपयोगमा नरहेका तथा बाँझो निजी जग्गा भूमि बैंकमार्फत दिन सकिने
-
स्ट्रेट अफ हर्मुज पार गर्ने प्रयासमा रहेका तीन वटा तेल ट्याङ्कर इरानी नियन्त्रणमा
-
झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी


प्रतिक्रिया