वीरगञ्जमा हैजा संक्रमण : विद्यालय तीन दिनका लागि बन्द
वीरगञ्ज- वीरगञ्ज महानगरपालिकाभित्र हैजाको संक्रमण तीव्र गतिमा फैलिन थालेपछि सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरू तीन दिनका लागि बन्द गर्ने निर्णय गरिएको छ।
महानगरपालिकाले बढ्दो स्वास्थ्य जोखिमलाई मध्यनजर गर्दै भदौ १५ गतेदेखि १७ गतेसम्म विद्यालयहरू बन्द गर्ने घोषणा गरेको हो।
हैंजाको संक्रमण नियन्त्रणमा लिन र थप जोखिम रोक्न महानगरपालिकाले सर्वसाधारणलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ।
विद्यार्थीहरूलाई भीडभाड हुने स्थानमा नजान, व्यक्तिगत सरसफाइमा ध्यान दिन र मात्र सुरक्षित तथा शुद्ध खानेपानी प्रयोग गर्न अनुरोध गरिएको छ।
यससँगै, महानगरपालिकाले अभिभावक तथा विद्यालय व्यवस्थापनलाई बालबालिकाको सुरक्षामा आवश्यक सहयोग गर्न आह्वान गरेको छ।
ताजा अपडेट
-
अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
-
दीपक भट्टसित जोडिएका मृगेन्द्रनाथ रिमाल पक्राउ
-
देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, अब उपयोगमा नरहेका तथा बाँझो निजी जग्गा भूमि बैंकमार्फत दिन सकिने
-
स्ट्रेट अफ हर्मुज पार गर्ने प्रयासमा रहेका तीन वटा तेल ट्याङ्कर इरानी नियन्त्रणमा
-
झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी


प्रतिक्रिया