रसुवागढी क्षेत्रमा सुख्खा पहिरो खस्दा एक युवक घाइते
काठमाडौँ । गोसाईकुण्ड गाउँपालिका-२, रसुवागढीस्थित निर्माणाधीन भन्सार क्षेत्रमा आइतबार बिहान सुख्खा पहिरो खसेको छ। स्थानीय बासिन्दाका अनुसार भदौ १५ गते बिहान गएको पहिरोले आसपासको क्षेत्र प्रभावित बनेको छ ।
पर्सा जिल्ला, विश्रामपुर–४ निवासी १९ वर्षीय विनयदास थारू पहिरो खस्दा घाइते भएका छन् । रोजगारीको सिलसिलामा टिमुरे बस्दै आएका थारू सोही बिहान रसुवागढी पैदल जाँदै गर्दा खसेको ढुंगाले उनको टाउको, कान र काँधमा चोट लागेको प्रहरीले जानकारी दिएको छ ।
प्राथमिक उपचारपछि उनलाई आइतबार बिहान ९:४० बजे बा. १४ च. १६६१ नम्बरको स्कर्पियोमा थप उपचारका लागि काठमाडौँ पठाइएको छ।
पहिरोका कारण भन्सार निर्माण कार्य रोकिएको छ । थप क्षतिको जोखिम कायम रहेको अधिकारीहरूले जनाएका छन्।
ताजा अपडेट
-
अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
-
दीपक भट्टसित जोडिएका मृगेन्द्रनाथ रिमाल पक्राउ
-
देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, अब उपयोगमा नरहेका तथा बाँझो निजी जग्गा भूमि बैंकमार्फत दिन सकिने
-
स्ट्रेट अफ हर्मुज पार गर्ने प्रयासमा रहेका तीन वटा तेल ट्याङ्कर इरानी नियन्त्रणमा
-
झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी


प्रतिक्रिया