अफगानिस्तानमा भूकम्प : मृत्यु हुनेको संख्या ६१० पुग्यो
काठमाडौं- अफगानिस्तानमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ६१० पुगेको छ। तालिबानको गृह मन्त्रालयले पूर्वी अफगानिस्तानमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ६१० पुगेको बताएको छ। मन्त्रालयका अनुसार १ हजार ३०० भन्दा बढी व्यक्ति घाइते भएका छ न्।
आइतबार राति ११:४७ बजे अफगानिस्तानको नान्गारहार र कुनार प्रान्तमा ६.० म्याग्निच्युडको भूकम्प गएको थियो। यसको गहिराइ ८ किलोमिटर थियो। यसपछि,कम्तिमा तीन पटक फेरि भूकम्प गएको छ। जसको तीव्रता ४.५ देखि ५.२ सम्म थियो।
समाचार एजेन्सी एएफपीका अनुसार भूकम्पको धक्का अफगानिस्तानको राजधानी काबुल र पाकिस्तानको राजधानी इस्लामाबादसम्म महसुस गरिएको थियो। भूकम्पबाट धेरैजसो क्षति कुनार प्रान्तमा भएको रिपोर्ट गरिएको छ, जसको लगभग ९० प्रतिशत भूभाग पहाडी छ।
भूकम्प प्रभावित क्षेत्रहरूमा जाने सडकहरू धेरै साँघुरा छन् र तीमध्ये धेरै पहिरोका कारण बन्द भएका छन्। तालिबान अधिकारीहरूले आफूहरूसँग सीमित स्रोतसाधन रहेको र प्रभावित क्षेत्रहरूमा हेलिकोप्टर उपलब्ध गराउन र अन्तर्राष्ट्रिय संस्थाहरूबाट सहयोगो अपील गरेका छन्।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया