अफगानिस्तानमा फेरि भूकम्प : मृतक संख्या १४ सय पुग्यो
काठमाडौँ – अफगानिस्तानमा फेरि एक पटक भूकम्पको धक्का महसुस गरिएको छ। मंगलबार दक्षिण-पूर्वी भागमा ५.५ म्याग्निच्युडको भूकम्प गएको थियो। यसअघि आइतबार राति अफगानिस्तानको जलालाबादमा ६.० म्याग्निच्युडको भूकम्प गएको थियो।
भूकम्पबाट मृत्यु हुनेको संख्या हालसम्म १४ सय ११ पुगेको छ भने घाइतेको संख्या ३२ सय ५० भन्दा बढी पुगेको छ। आइतबार भूकम्प आउँदा अधिकांश मानिसहरू सुतिरहेका थिए, जसका कारण उनीहरू भवनहरूको भग्नावशेषमुनि पुरिएका थिए। समाचार एजेन्सी एपीका अनुसार तालिबानले यो जानकारी दिएको हो।
अफगानिस्तानको तालिबान सरकारले विश्वभरबाट सहयोग मागेको छ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया