बारामा पनि हैजा संक्रमण पुष्टि
काठमाडौँ । बारामा हैजा संक्रमण पुष्टि भएको छ । महागढीमाई नगरपालिका-८ का दुई जना बालबालिकामा हैजाको संक्रमण पुष्टि भएको हो।
बारामा हैजा प्रभावित वीरगन्जसँग ‘ट्राभल्स हिस्ट्री’ नभएका दुई जना बालबालिकामा हैजाको संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बाराले जनाएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार झाडापखाला लागेर भदौ १६ गते कलैयास्थित प्रादेशिक अस्पतालमा ल्याइएका एकै टोलका ८ वर्षीय बालक र ८ वर्षीया बालिकाको आरडीटी टेष्ट गर्दा हैजाको संक्रमण पुष्टि भएको हो।
यसअघि बारा घर भई वीरगन्जमा बस्दै आएका ८ जनामा हैजाको संक्रमण पुष्टि भए पनि हैजाले प्रभावित वीरगन्जसँग ट्राभल हिस्ट्री नभएका सन्दर्भमा पहिलो पटक दुई बालबालिकामा हैजाको संक्रमण पुष्टि भएको बताइएको छ ।
ताजा अपडेट
-
अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
-
दीपक भट्टसित जोडिएका मृगेन्द्रनाथ रिमाल पक्राउ
-
देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, अब उपयोगमा नरहेका तथा बाँझो निजी जग्गा भूमि बैंकमार्फत दिन सकिने
-
स्ट्रेट अफ हर्मुज पार गर्ने प्रयासमा रहेका तीन वटा तेल ट्याङ्कर इरानी नियन्त्रणमा
-
झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी


प्रतिक्रिया