NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २२ गते

दिनदिनै दशैं : सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी !

काठमाडाैं । मोबाइल कम्पनी सामसङले यस दशैंलाई अझ रमाइलो बनाउन नयाँ उपभोक्ता अफर “दिन दिनै दशैं” ल्याएको छ।

यो अफर १ सेप्टेम्बरदेखि २८ सेप्टेम्बर २०२५ सम्म मान्य हुनेछ। यस अवधिमा नयाँ सामसङ स्मार्टफोन वा ट्याबलेट खरिद गर्ने ग्राहकले दैनिक उपहार जित्ने अवसर पाउनेछन्, जसले चाडपर्वको उत्सवलाई अझ विशेष बनाउनेछ। सहभागी हुन, ग्राहकले आफ्नो नयाँ सामसङ स्मार्टफोन वा ट्याबलेटको सिरिएल नम्बर टाइप गरी  Samsung <space> Serial No. लेखेर ३५००१ मा SMS पठाउनुपर्नेछ।

प्रत्येक दिन, एक भाग्यशाली विजेताले भाटभटेनी शपिङ भौचर १ लाख पाउनेछन् भने अन्य १० जना विजेताले रु १०,००० को शपिङ भौचर प्राप्त गर्नेछन्। यसरी अफर अवधिभर दैनिक ११ जना विजेताले उपहार जित्ने अवसर पाउनेछन्। यी शपिङ भौचरहरूलाई दैनिक उपभोग्य सामानदेखि चाडपर्व तयारीसम्म जुनसुकै प्रयोजनमा प्रयोग गर्न सकिने भएकाले अफर उपयोगी र उत्साहजनक बनेको छ।

MX सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितका अनुसार, “दिन दिनै दशैं” मार्फत सामसङले हरेक चाडपर्वमा आफ्ना ग्राहकलाई अमूल्य अनुभव दिने प्रतिबद्धतालाई निरन्तरता दिएको छ। यो अफरले दशैंको महत्वलाई आत्मासाथ गर्नुका साथै, सामसङको प्रयोगकर्ताको जीवनलाई अझ समृद्ध बनाउन योगदान पुर्‍याउनेछ।

ग्राहकले   *#06#   डायल गरेर सजिलै Serial Number पत्ता लगाउन सक्छन्।SMS पठाएपछि तुरुन्तै दर्ता भएको सन्देश प्राप्त हुनेछ। विजेताको www.facebook.com/smartplazanepal and www.facebook.com/IMS.NP मा गरिनेछ।

यो अफर सामसङका आधिकारिक विक्रेता र ईकमर्स प्लेटफर्ममार्फत नेपालभर उपलब्ध छ। यस अभियानमार्फत सामसङले आफ्ना ग्राहकलाई हरेक चाडपर्वमा अमूल्य अनुभव दिलाउने परम्परा निरन्तरता दिएको छ।

ताजा अपडेट

नेपालवाच विशेष