प्रहरी महानिरीक्षक खापुङको पहिलो निर्णय : बहालवाला र अवकास प्राप्त प्रहरीका लागि किरियापुत्री भवन बनाउने
काठमाडौं -प्रहरी महानिरीक्षक (आइजीपी) चन्द्र कुवेर खापुङले बहालवाला र अवकास प्राप्त प्रहरीका लागि किरिया पुत्री भवन बनाउने निर्णय गरेका छन्। बिहीबार बसेको नीति निर्माण समितिको बैठकमा ३२औं आइजीपी खापुङले किरिया पुत्री भवन बनाउने आफ्नो पहिलो निर्णय गरेका हुन्।
उक्त भवन राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जको जग्गामा निर्माण हुने प्रहरी प्रवक्ता विनोद घिमिरेले जानकारी दिएका छन्।
‘नेपाल प्रहरीका बहालवाला र अवकास प्राप्त प्रहरी कर्मचारीहरूलाई लक्षित गरी दुःखद निधन हुँदा आशौच बार्ने संस्कार (किरिया पुत्री) का लागी काठमाडौं महानगरपालिका वडा नं. ३ स्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, माहाराजगंजको नाममा रहेको जग्गामा किरिया पुत्री भवन निर्माण गर्ने निर्णय गरियो र प्रदेश स्तरमा समेत क्रमशः विस्तार गर्ने निर्णय भएको जानकारी गराइन्छ,’ प्रवक्ता घिमिरेद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
ताजा अपडेट
-
परराष्ट्रमन्त्री खनाल तीन दिने भारत भ्रमणमा
-
सुदन गुरुङमाथि छानबिन गर्न गठित समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन
-
मोदी मेरा घनिष्ठ मित्र हुन्, भारतसँग व्यापार सम्झौता छिट्टै हुने आशा छः ट्रम्प
-
राज्य व्यवस्था समितिको बैठक आज बस्दै, तीन उपसमिति गठनको तयारी
-
मनसुन भारतको केरला आइपुग्यो, नेपाल कहिले आइपुग्छ ?


प्रतिक्रिया