कङ्गोमा इबोलाको नयाँ प्रकोप, १५ जनाको मृत्यु
किन्शासा । प्रजातान्त्रिक गणतन्त्र कङ्गोका स्वास्थ्य अधिकारीहरूले इबोला भाइरसको नयाँ प्रकोपको घोषणा गरेका छन् । इबोलाले अगस्टको अन्त्यदेखि अहिलेसम्म १५ जनाको ज्यान लिइसकेको कङ्गोका स्वास्थ्य मन्त्रीले बिहीबार बताए ।
राजधानी किन्शासामा पत्रकारहरूसँग कुरा गर्दै स्यामुअल रोजर काम्बाले मध्य कसाई प्रान्तमा नयाँ प्रकोप देखिएको बताए।
मध्य अफ्रिकी देशमा इबोलाको अन्तिम प्रकोप तीन वर्षअघि फैलिएको थियो जसमा छ जनाको मृत्यु भएको थियो ।
अपुस्ट तथ्याङ्कअनुसार किन्शासामा इबोला सङ्क्रमित २८ जना बिरामी भेटिएका छन्, जसमध्ये पहिलो सङ्क्रमण अगस्ट २० मा अस्पतालमा भर्ना भएकी ३४ वर्षीया गर्भवती महिलामा देखिएको थियो ।
काम्बाले भने, “यो हाम्रो देशमा रेकर्ड गरिएको १६ औं प्रकोप हो।” पहिलो पटक सन् १९७६ मा पहिचान भएको र चमेरोबाट आएको ठानिएको इबोला एक घातक भाइरल रोग हो जुन शारीरिक तरल पदार्थको प्रत्यक्ष सम्पर्कबाट फैलिन्छ, जसले गर्दा अत्यधिक रक्तस्राव हुन्छ र अङ्गहरू बिग्रन्छन्।
सन् २०१८ देखि २०२० को बीचमा १० करोडभन्दा बढी जनसङ्ख्या रहेको कङ्गोमा सबैभन्दा घातक प्रकोपका कारण करिब दुई हजार ३०० जनाको मृत्यु भएको थियो । इबोलाका छ प्रजाति छन् ।
स्वास्थ्य अधिकारीहरूले नयाँ प्रकोप खोप उपलब्ध भएको जाइरे स्ट्रेनको नयाँ प्रकोप भएको बताएका छन्।
काम्बाले भने, “भाग्यवस हामीसँग जायर स्ट्रेनको भ्याक्सिन छ तर यसलाई प्रयोग गर्न हामीले लजिस्टिक सुनिश्चित गर्न आवश्यक छ।”
फ्रान्सको आकारभन्दा चार गुणा ठूलो कङ्गोमा प्राय: सीमित र खराब सञ्चार च्यानलसहित कमजोर पूर्वाधार छ ।
ताजा अपडेट
-
अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
-
दीपक भट्टसित जोडिएका मृगेन्द्रनाथ रिमाल पक्राउ
-
देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, अब उपयोगमा नरहेका तथा बाँझो निजी जग्गा भूमि बैंकमार्फत दिन सकिने
-
स्ट्रेट अफ हर्मुज पार गर्ने प्रयासमा रहेका तीन वटा तेल ट्याङ्कर इरानी नियन्त्रणमा
-
झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी


प्रतिक्रिया