‘म्याजिक नम्बर छ भन्ने भ्रमबाट ‘प्रचण्ड’लाई मुक्त गराइदियौँ’ : ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफूसँग म्याजिक नम्बर रहेको भ्रम पर्न थालेपछि एमाले मुक्ति गरिएको बताएका छन्।
पार्टीको दोस्रो विधान महाधिवेशनलाई सम्बोधन गर्दै काँग्रेससँग आफूहरूले सहकार्य थालेपछि अस्थिरता र अराजकता नियन्त्रणमा आएको बताए।
उनले भने, ‘हामी ब्याक बेञ्चरजस्तो पछाडि बस्नुपर्ने अवस्था, नेपाली राजनीतिमा सहयोगीभन्दा माथि होइन भन्ने अवस्था, भन्दै खेरी भनिएको थियो, काँग्रेस एमालेको अगाडि हामीलाई समर्थन गर्नुको विकल्प छैन। कि एउटा समर्थन गर्छ कि अर्काले। भ्रम परेको थियो, आफूमा जादुमयी शक्ति छ भन्नेमा। भ्रम पर्न थालेको थियो आफ्नो संख्या म्याजिक नम्बर हो भन्ने १४ महिना अघिसम्म, त्यो अवस्था एमालेले चिरेको छ।’
उनले पार्टीले समृद्ध नेपाल सुखी नेपालीको गन्तव्य बनाएर अघि बढेको बताए। उनले देशलाई समृद्धि बनाउनेभन्दा ठुलो गन्तव्य अरू केही नभएको बताएका छन्।
ताजा अपडेट
-
अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
-
दीपक भट्टसित जोडिएका मृगेन्द्रनाथ रिमाल पक्राउ
-
देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, अब उपयोगमा नरहेका तथा बाँझो निजी जग्गा भूमि बैंकमार्फत दिन सकिने
-
स्ट्रेट अफ हर्मुज पार गर्ने प्रयासमा रहेका तीन वटा तेल ट्याङ्कर इरानी नियन्त्रणमा
-
झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी


प्रतिक्रिया