नवलपरासीका ५ स्थानीय तहले दिए शोक बिदा
काठमाडौँ । नवलपरासीमा रहेका ५ स्थानीय तहमा आज शोक बिदा दिइएको छ । सोमबार जेन जेडको प्रदर्शनका क्रममा मृत्यु भएकाहरूको शोकमा स्थानीय तहले सूचना निकालेर बिदा दिएको हो ।
बिदा दिनेमा रामग्राम नगरपालिका, बर्दघाट नगरपालिका, पाल्हीनन्दन, सरावल र प्रतापपुर गाउँपालिकाले शोक बिदा दिएको हो । स्थानीय तहले दिएको बिदामा पालिकाभित्रका शैक्षिक संस्था, वडा कार्यालय र त्यहाँ रहेका सबै सेवा बन्द हुने जनाएको छ ।
पालिकाहरूले निकालेको शोक बिदामा जेन जेड पुस्ताले गरेको शान्तिपूर्ण प्रदर्शनका क्रममा अप्रत्यासी र अकल्पनीय रूपमा ठूलो संख्यामा युवा नागरिकको निधन भएको घटनाले स्तब्ध बनाएको उल्लेख छ । वर्तमान विषम परिस्थितिलाई ध्यानमा राखेर शान्ति र संयमपूर्वक समस्याको निकास निकाल्न पनि शोक विज्ञप्तिमार्फत नेपाल सरकारसँग आग्रह गरिएको छ ।
जेन जेडहरुको प्रदर्शनका क्रममा काठमाडौँमा १७ र इटहरीमा २ गरी १९ जनाको मृत्यु भएको छ । ३ सय बढी घाइते भएका छन् ।
ताजा अपडेट
-
अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
-
दीपक भट्टसित जोडिएका मृगेन्द्रनाथ रिमाल पक्राउ
-
देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, अब उपयोगमा नरहेका तथा बाँझो निजी जग्गा भूमि बैंकमार्फत दिन सकिने
-
स्ट्रेट अफ हर्मुज पार गर्ने प्रयासमा रहेका तीन वटा तेल ट्याङ्कर इरानी नियन्त्रणमा
-
झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी


प्रतिक्रिया