देउवा निवास बूढानीलकण्ठमा प्रदर्शनकारीले गरे आगजनी
काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा प्रदर्शनकारीले आगजनी गरेका छन् ।
मुख्य गेट फुटाएर भित्र प्रवेश गरेका प्रदर्शनकारीले घरमा आगजनी गरेका हुन् ।
अहिले देउवाको घरबाट धुँवाको मुस्लो आइरहेको छ ।
देउवा घरभित्रै छन् या बाहिर भन्ने खुलेको छैन ।
प्रदर्शनकारीहरूले धमाधम नेताको निवासलाई निशाना बनाउन थालेका छन् । यसअघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, निवर्तमान गृहमन्त्री रमेश लेखकको घरमा पनि प्रदर्शनकारीले आक्रमण गरेका थिए ।


प्रतिक्रिया