झुम्का कारागारबाट भागे कैदीबन्दी
विराटनगर । सुनसरीको झुम्का कारागारबाट पनि कैदीबन्दी भागेका छन् । जेनजी प्रदर्शनकारीका नाममा पुगेको समूहले मंगलबार राति कारागारबाट कैदीबन्दी भगाएका हुन् ।
झुम्का कारागारमा ‘ए’ र ‘बी’ गरी १०९८ जना कैदी रहेका थिए । जेलर सुवास लामिछानेका अनुसार उक्त समूहले बल प्रयोग गरेर कैदीबन्दी भगाएका हुन् ।
उनका अनुसार अधिकांश कैदीबन्दी भागे । कैदीबन्दी भाग्दै गर्दा नेपाली सेनाको टोली पुगेपछि केहीलाई भित्रै राखिएको छ । ‘अन्तिमसम्म प्रयास गरियो, बल प्रयोग गर्नुपर्ने अवस्था भएपछि थप क्षति हुन नदिन सुरक्षा निकाय ब्याक भयो’, उनले भने, ‘सेना आइपुगेपछि भाग्दै गरेका केही कैदीलाई कारागारमा फिर्ता ल्याइयो, संख्या भरे यकिन हुन्छ ।’
जेनजीको नाममा आएको समूहले मोरङको इलाका प्रहरी कार्यालय पथरी र उर्लाबारीमा रहेका सबै थुनुवालाई भगाएका छन् । उर्लाबारीमा १९ र पथरीमा १४ जना थुनुवा थिए । उक्त समूहले पथरीको मुद्दा शाखाका कागजात पनि जलाएका छन् ।
ताजा अपडेट
-
अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
-
दीपक भट्टसित जोडिएका मृगेन्द्रनाथ रिमाल पक्राउ
-
देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, अब उपयोगमा नरहेका तथा बाँझो निजी जग्गा भूमि बैंकमार्फत दिन सकिने
-
स्ट्रेट अफ हर्मुज पार गर्ने प्रयासमा रहेका तीन वटा तेल ट्याङ्कर इरानी नियन्त्रणमा
-
झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी


प्रतिक्रिया