लुटपाटमा संलग्न २७ जना पक्राउ, ३३ लाख ७० हजार नगद बरामद, हतियार पनि नियन्त्रणमा
काठमाडौं – नेपाली सेनाले सुरक्षा बढाउन थालेपछि २७ जना पक्राउ परेका छन् ।
राति १० बजेदेखि बिहान १० बजेसम्मको १२ घण्टाको समयमा २७ जना पक्राउ परेको नेपाली सेनाले जनाएको छ । सेनाले जारी गरेको सूचनामा भनिएको छ, ‘मिति २०८२ भाद्र २४ गते रातको १० बजेबाट देशैभर नेपाली सेना लगायत अन्य सुरक्षा निकायहरु परिचालन भएपश्चात आज मिति २०८२ भाद्र २५ गतेको विहान १० बजेसम्म काठमाडौँ लगायत देशका विभिन्न स्थानहरुमा विषम परिस्थितिको अनुचित फाइदा उठाई लुटपाट, आगजनी र जीउधनको क्षति गर्ने मनसायले विध्वंसात्मक, अराजक तथा उछृङखल गतिविधिहरुमा संलग्न २७ जनालाई पक्राउ गरिएको छ ।’
त्यस्तै आगजनी भएका क्षेत्रमा वारुणयन्त्रको प्रयोग गरी नियन्त्रणको प्रयास जारी छ । आगजनी नियन्त्रण गर्न तीन वारुणयन्त्र प्रयोग भएका छन् ।
त्यसैगरि ३३ लाख ७० हजार नगद पनि बरामद भएको छ । सेनाले सूचनामा भनेको छ, ‘काठमाडौंको गौशाला-चाबहिल-बौद्ध क्षेत्रबाट लुटपाटमा संलग्न व्यक्तिहरुबाट ३३ लाख ७० हजार रुपैयाँ बरामद गरिएको छ ।’
नेपाली सेनाको सर्च अपरेसनका क्रममा काठमाडौंका विभिन्न स्थानहरुबाट २३ र पोखराबाट ८ नाल गरी विभिन्न किसिमका हतियार नाल ३१ तथा म्यागजिन एवं गोलीगठ्ठाहरु बरामद भएको छ ।
घाइते भएका नेपाल प्रहरीका २३ जना र गैर सैनिक तीन जनाको सैनिक अस्पतालहरुमा उपचार भइरहेको छ ।
ताजा अपडेट
-
परराष्ट्रमन्त्री खनाल तीन दिने भारत भ्रमणमा
-
सुदन गुरुङमाथि छानबिन गर्न गठित समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन
-
मोदी मेरा घनिष्ठ मित्र हुन्, भारतसँग व्यापार सम्झौता छिट्टै हुने आशा छः ट्रम्प
-
राज्य व्यवस्था समितिको बैठक आज बस्दै, तीन उपसमिति गठनको तयारी
-
मनसुन भारतको केरला आइपुग्यो, नेपाल कहिले आइपुग्छ ?


प्रतिक्रिया