विश्व पौडेलले भने, ‘वृद्ध बा आमा बसेको घरमा रिस पोख्ने सबैको फलोस्’
काठमाडाैं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले कोहीसँग एक रूपैयाँ नलिई बनाएको घर जलाइएकोमा दु:ख व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जालमा जलिरहेको घरको भिडियो सेयर गदै भैसेपाटिको घर जलाएर नपुगेर चितवनमा वृद्ध बा आमा बसेको घरमा प्रदर्शनकारीले रिस देखाएकाेमा गुनासाे गरे ।
‘मेरो भैसेपटिको घर जलाएर नपुगि मेरा वृद्ध बा आमा बसेको चितवनको घरमा पोख्ने साथिहरुको फलोस् फुलोस’ उनले भने ।
‘जिन्दगिमा मैले कसैसँग एक रुपैया मागेको छैन, दिएको मात्र हुँला, चितवनमा सधै कक्षामा फस्ट हुन्थे। गाउँको केहि सुबिधा नभएको स्कुल पढेर दाइ अहिले अमेरिकामा प्राध्यापक हुनुहुन्छ भने म नेपालमै बस्ने गरि आएपछि केयुमा प्राध्यापक भएँ। बा आमा दुबै साधारण लेखपढ गर्न जान्ने हुनुहुन्छ।’
उनले भैसेपाटिको घर पनि योजना आयोगको उपाध्यक्ष हुनु अघिनै छात्रवृत्ति र देश विदेशमा काम गरेर साढे पाच आना जग्गामा बनाएको बताए। श्रीमती र आफ्नो ९ वर्षकी छोरीलाई भैसेपाटीमै रहेको घर मन पर्ने भएकोले गभर्नर भएपछि त्यो घर नछाडेको उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
ताजा अपडेट
-
परराष्ट्रमन्त्री खनाल तीन दिने भारत भ्रमणमा
-
सुदन गुरुङमाथि छानबिन गर्न गठित समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन
-
मोदी मेरा घनिष्ठ मित्र हुन्, भारतसँग व्यापार सम्झौता छिट्टै हुने आशा छः ट्रम्प
-
राज्य व्यवस्था समितिको बैठक आज बस्दै, तीन उपसमिति गठनको तयारी
-
मनसुन भारतको केरला आइपुग्यो, नेपाल कहिले आइपुग्छ ?


प्रतिक्रिया