सेनाले बरामद गर्यो ९७ नाल हतियार
काठमाडौं । नेपाली सेनाले काभ्रेपलान्चोकको बनेपा नगरपालिका–९ स्थित नयाँ बस्तीमा फेला परेको आठवटा सकेट बमलाई बिहीबार डिस्पोज बनाएको छ ।
त्यसैगरी, काठमाडौंको सुन्धरास्थित केन्द्रीय कारागारबाट भागेका चार कैदीबन्दीहरू र डोटीको दिपायल सिलगढीस्थित बाल सुधार गृहबाट भागेका तीन बालबन्दीलाई सेनाले नियन्त्रणमा लिएको छ ।
धादिङको गजुरीमा रहेको कारागारबाट भागेका ३९ कैदीहरू र बाँकेको डडुवास्थित जयन्दु बालसुधार गृहबाट फरार भएका १६ बालबन्दीलाई पनि सेनाले नियन्त्रणमा लिएको छ ।
बाँकेको नेपालगञ्जस्थित जिल्ला कारागारमा होहल्ला तथा आगजनी गरी बाहिर निस्कन खोजेका कैदीबन्दीहरूलाई नेपाली सेनाले नियन्त्रणमा लिएको छ । सो क्रममा एकजना कैदी घाइते भएका छन् ।
ललितपुरको भैँसेपाटी इलाकामा रहेको स्थानीय प्रहरी चौकी स्थानीय व्यक्तिहरूद्वारा सरसफाइ गरी कार्यरत प्रहरीहरूलाई स्वागत गरेको सेनाले जनाएको छ ।
सेनाले जेनजी प्रदर्शनमा सुरक्षाकर्मीबाट लुटिएकामध्ये हालसम्म विभिन्न स्थानहरूबाट ९७ नाल हतियार बरामद भएको जनाएको छ ।
ताजा अपडेट
-
अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
-
दीपक भट्टसित जोडिएका मृगेन्द्रनाथ रिमाल पक्राउ
-
देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, अब उपयोगमा नरहेका तथा बाँझो निजी जग्गा भूमि बैंकमार्फत दिन सकिने
-
स्ट्रेट अफ हर्मुज पार गर्ने प्रयासमा रहेका तीन वटा तेल ट्याङ्कर इरानी नियन्त्रणमा
-
झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी


प्रतिक्रिया