NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २२ गते

काठमाडौँ महानगरपालिकाले शव व्यवस्थापनका लागि बनायो विशेष टोली

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले जेन जेड आन्दोलनका क्रममा निधन भएका व्यक्तिहरूको शव व्यवस्थापन, परिवारजनलाई काठमाडौँसम्म ल्याउन यातायात सुविधा, बस्ने व्यवस्था तथा शवलाई घरसम्म पुर्‍याउन शव वाहनको व्यवस्था गरेको छ ।

महानगरपालिकाले आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको उपचार तथा उपचारपश्चात् घर फर्किन यातायात व्यवस्थापनसहित आवश्यक सहजीकरणका लागि विशेष टिम परिचालन गरेको हो ।

महानगरपालिकाले पीडित परिवारलाई सहयोग गर्नका लागि सम्पर्क नम्बरहरू उपलब्ध गराएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष