जेन जी आन्दोलनका घाइतेबीच पुग्दै प्रधानमन्त्री कार्की
काठमाडौँ । काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की जेन जी आन्दोलनका क्रममा घाइते भएका युवाहरूलाई भेट्न अस्पताल जाँदै छिन् ।
शुक्रबार राति प्रधानमन्त्रीमा नियुक्त भएकी कार्की केही बेरमै वीर अस्पतालको ट्रमा सेन्टर र बानेश्वरस्थित सिभिल अस्पताल पुगेर उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्था बारे जानकारी लिने छिन् ।
त्यसपछि उनले आन्दोलनकै क्रममा आगजनीमा परेको कोटेश्वरस्थित प्रहरी चौकी र महाराजगञ्जस्थित प्रहरी वृत्तको निरीक्षण गर्ने कार्यक्रम रहेको जनाइएको छ । कोटेश्वरमा भएको आगजनीमा केही प्रहरीको मृत्यु भएको थियो । जेन जेड आन्दोलनमा हालसम्म ५१ जनाको ज्यान गएको छ भने सयौँ घाइते विभिन्न अस्पतालमा उपचाररत रहेका छन् ।
ताजा अपडेट
-
परराष्ट्रमन्त्री खनाल तीन दिने भारत भ्रमणमा
-
सुदन गुरुङमाथि छानबिन गर्न गठित समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन
-
मोदी मेरा घनिष्ठ मित्र हुन्, भारतसँग व्यापार सम्झौता छिट्टै हुने आशा छः ट्रम्प
-
राज्य व्यवस्था समितिको बैठक आज बस्दै, तीन उपसमिति गठनको तयारी
-
मनसुन भारतको केरला आइपुग्यो, नेपाल कहिले आइपुग्छ ?


प्रतिक्रिया