NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २२ गते

अब पार्टीहरू पुनर्गठन हुनुपर्छ : सुरेन्द्र पाण्डे

काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले मुलुकमा राजनीतिक स्थिरता, शान्ति, विकास र समृद्धिका लागि सोच्नु आवश्यक रहेको बताएका छन् ।

उनले  सामाजिक सञ्जाल फेसबुकमार्फत समयले नेतृत्व र सङ्गठनहरूमा व्यापक पुनर्गठनको खाँचो औँल्याएको उल्लेख गर्दै नयाँ अवस्थाबाट हरेक व्यक्ति र पार्टीहरूले आफूलाई आफ्नो कार्यको मूल्याङ्कन गर्न, सही मार्ग पहिल्याउनु पर्नेमा जोड दिएका छन् ।

पाण्डेले हालको राजनीतिक परिघटना र तनावग्रस्त अवस्थामा सबै राजनीतिक पार्टीहरूका अवस्था समेत गम्भीर बन्न पुगेको सङ्कटको अवस्थामा धैर्यधारण गरी अगाडि बढ्नु आवश्यक रहेको बताएका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष