अख्तियारले भन्यो–चोरेका सामान फिर्ता गर्र्नू, नत्र कारबाही अघि बढाउँछौं
काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जेनजी आन्दोलनका क्रममा घुसपेठ गरेर आफ्ना कार्यालयबाट चोरिएका सामान फिर्ता गर्न अनुरोध गरेको छ ।
यही भदौ २४ गते जेनजी आन्दोलनका नाममा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय, काठमाडौंसँगै इटहरी, हेटौंडा, पोखरा, बुटवललगायत कार्यालयहरू आन्दोलनकारीको निशानामा परेको थियो । त्यसक्रममा उनीहरूले कार्यालय तोडफोड र आगजनी गर्नुका साथै त्यहाँका सवारीसाधन, टिभी, कम्प्युटर सेट, माइक्रोओभन, विभिन्न साइजका हार्ड डिस्क, स्क्यानर, क्यामेरा, आइप्याड, मोबाइल, ल्यापटप, हिटर, पंखालगायत सामग्री चोरेर लगेका थिए । अख्तियारले सोमबार सार्वजनिक सूचना जारी गर्दै त्यसक्रममा चोरिएका सामान फिर्ता गर्न अनुरोध गरेको हो ।
सूचनामा आयोगको कार्यालय वा नजिकैको प्रहरी कार्यालयमा गएर चोरी गरेर लगिएका सामान फिर्ता गर्न भनिएको छ ।
आयोगले सिसिटिभीमार्फत तोडफोड र चोरीमा संलग्नहरूको पहिचान गर्ने कार्य भइरहेकाे जनाउँदै सामान फिर्ता नगर्नेविरुद्ध कानूनबमोजिम कारबाही प्रक्रिया अघि बढाउने चेतावनी पनि दिएको छ ।
ताजा अपडेट
-
अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
-
दीपक भट्टसित जोडिएका मृगेन्द्रनाथ रिमाल पक्राउ
-
देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, अब उपयोगमा नरहेका तथा बाँझो निजी जग्गा भूमि बैंकमार्फत दिन सकिने
-
स्ट्रेट अफ हर्मुज पार गर्ने प्रयासमा रहेका तीन वटा तेल ट्याङ्कर इरानी नियन्त्रणमा
-
झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी


प्रतिक्रिया