डियर हर्क, जति गाली गर, म माया गर्न छाड्दिनँ : बालेन
काठमाडाैं । काठमहानगरपालिकाका प्रमुख बालेन शाहले धरान उप-महानगरपालिकाका प्रमुख (मेयर) हर्क साम्पाङले आफूलाई जति गाली गरे पनि माया गर्न नछाड्ने बताएका छन् ।
जेनजी आन्दाेलनकाे सफलतापश्चात राई एक समूले आफूलाई प्रधानमन्त्री बन्न बाेलाएकाे भन्दै काठमाडाैं आएका थिए । प्रधानमन्त्री बनाउन माग गर्दै उनले प्रधानसेनापतिलाई समेत जंगी अड्डामा पुगेर भेटेका थिए । तर जेनजीकाे सिफारिसमा सुशीला कार्की प्रधानमन्त्रीमा नियुक्त भइन् । त्यसबाट रुष्ट मेयर हर्कले पदीय मर्यादा भुलेर बालेन लगायतविरुध्द विषवमन गरिरहेका छन् । त्यसकाे प्रतिउत्तरमा मेयर शाहले हर्कले आफूलाई गाली गरे पनि एकपक्षीय ढंगले भए पनि माया गर्न नछाड्ने बताएका छन् ।
त्यसक्रममा उनले हर्कलाई आफूले गरेकाे माया साचाे भएकाे पनि उल्लेख गरेका छन् ।
उनले लेखेका छन्- डियर हर्क साम्पाङ, तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन । एक तर्फी नै सही, तर मेरो माया साँचो हो ।You are my true love. ❤️
ताजा अपडेट
-
अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
-
दीपक भट्टसित जोडिएका मृगेन्द्रनाथ रिमाल पक्राउ
-
देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, अब उपयोगमा नरहेका तथा बाँझो निजी जग्गा भूमि बैंकमार्फत दिन सकिने
-
स्ट्रेट अफ हर्मुज पार गर्ने प्रयासमा रहेका तीन वटा तेल ट्याङ्कर इरानी नियन्त्रणमा
-
झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी


प्रतिक्रिया