हितेन्द्रले कुलमान घिसिङलाई दिए बधाई
काठमाडौं- नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीमा नियुक्त भएका कुलमान घिसिङलाई सामाजिक सञ्जालमार्फत बधाई दिएका छन्।
शाक्यले मंगलबार दिउँसो आफ्नो फेसबुक अकाउन्टमार्फत पूर्वकार्यकारी निर्देशकसमेत रहेका घिसिङलाई मन्त्री नियुक्तिको अवसरमा शुभकामना व्यक्त गरेका हुन्।
शाक्यले लेखेका छन्, “ऊर्जा क्षेत्रमा विशिष्ट योगदान दिनुभएका श्री कुलमान घिसिङज्यू नयाँ नेपालको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री नियुक्त हुनुभएकोमा हार्दिक बधाई छ।”
साथै, उनले घिसिङको कार्यकाल सफल रहोस् भन्दै सम्पूर्ण ऊर्जा क्षेत्रको प्रगति र समृद्ध नेपालको निर्माणमा सफलता प्राप्त होस् भन्ने शुभकामना व्यक्त गरेका छन्।


प्रतिक्रिया