सुनचाँदीका गहनासहित तीन जना पक्राउ
काठमाडौँ । प्रहरीले सुनचाँदीका गरगहनासहित काठमाडौँको रातो पुलबाट तीन जनालाई पक्राउ गरेको छ ।
गत भदौ २४ गते जेन जेडद्वारा गरिएको प्रदर्शनका क्रममा रातो पुलको एक घरबाट सुनचाँदीको गहना र धनमाल चोरीको घटनाको अनुसन्धानका क्रममा सोही क्षेत्रमा शंकास्पद गतिविधि गरिरहेको अवस्थामा उनीहरू पक्राउ परेका जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
खोटाङका २७ वर्षीय सुजन राई, सिन्धुपाल्चोकका १९ वर्षीय नयुन श्रेष्ठ र मकवानपुरका १८ वर्षीय अगम प्रजालाई सुनचाँदीका गरगहना, नगद रु. १३ हजार र लत्ताकपडासहित पक्राउ गरिएको परिसरका प्रवक्ता अपिलराज बोहराले जानकारी दिए। उनीहरूलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान जारी रहेको उनले बताए ।
ताजा अपडेट
-
अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
-
दीपक भट्टसित जोडिएका मृगेन्द्रनाथ रिमाल पक्राउ
-
देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, अब उपयोगमा नरहेका तथा बाँझो निजी जग्गा भूमि बैंकमार्फत दिन सकिने
-
स्ट्रेट अफ हर्मुज पार गर्ने प्रयासमा रहेका तीन वटा तेल ट्याङ्कर इरानी नियन्त्रणमा
-
झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी


प्रतिक्रिया