सबै बन्धकलाई ‘वेपत्ता इजरायली विमान चालक’ को नियति बनाउने हमासको चेतावनी
हमासको सशस्त्र शाखाले गाजामा बाँकी रहेका अधिकांश बन्धकहरूको ‘विदाइ’ हुनसक्ने भन्दै रिहा हुन बाँकी ४६ जनाको तस्बिर शनिबार प्रकाशित गरेको छ । हमासले गाजा शहरमा जारी पछिल्लो इजरायलको आक्रमणले उनीहरूलाई खतरामा पार्न सक्ने बताएको छ ।
यी तस्बिरहरूले सन् १९८६ मा लेबनानमा गोली हानेर मारिएका एक इजरायली विमान चालकको घटनालाई स्मरण गराएको छ।
सन् २०२३ को अक्टोबरमा इजरायलमाथि आक्रमण गर्दा प्यालेस्टिनी लडाकुहरूले कब्जा गरेका २५१ जनामध्ये ४७ जना गाजामा छन्, जसमध्ये २५ जनाको मृत्यु भइसकेको इजरायली सेनाले जनाएको छ।
“इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको जिद्दी र सैन्य प्रमुख इयाल जमिरको गाजालाई अधीनमा राख्ने पहलका कारण गाजा शहरमा कारबाहीकोे सुरूवातमा लिइएको एक ‘बिदाइ’ फोटो सार्वजनिक गरिएको छ,” हमासको सशस्त्र शाखाले सार्वजनिक फोटोको साथ लेखेको छ।
इजरायलले गाजा शहरको सबैभन्दा ठूलो शहरी केन्द्रमा हप्तौंको भारी हवाई आक्रमणपछि मङ्गलबार जमिनी आक्रमण सुरु गरेको छ।
लाखौं बासिन्दाहरू भागेका छन् । यसैबीच, बन्धकका परिवारहरूले सरकारलाई आक्रमण रोक्न आग्रह गरेका छन् र यसले गाजामा अझै पनि कैदमा रहेका आफ्ना प्रियजनहरूको जीवन जोखिममा पार्ने चेतावनी दिएका छन्।
हमासको एजेदिन अल–कसम ब्रिगेडले आफ्नो टेलिग्राम च्यानलमा बन्धकहरूको ४६ तस्बिरहरू जारी गरेको छ । सार्वजनिक प्रत्येक फोटोमा सन् १९८६ मा लेबनानी गृहयुद्धको समयमा दक्षिणी लेबनानमा खसेको इजरायली वायु सेनाका चालककोे नाम लेखिएको छ ।
चालक रोन अरादलाई सुरुमा लेबनानमा शिया समूहहरूले कब्जा गरेको विश्वास गरिएको थियो तर अहिले उहाँलाई मृत मानिएको छ । उहाँको अवशेष फिर्ता गरिएको छैन।
हराएका वा कब्जा गरिएका सैनिकहरूलाई घर ल्याउनु राष्ट्रिय कर्तव्य मानिने यजरायलमा उहाँलाई दशकौंदेखि एक दुःखद् घटनाको स्मरण गराउने व्यक्तिका रूपमा चित्रित गरिँदै आएको छ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया