जेनजी आन्दोलन : चोरी भएका सामान बुझाउन निगमको आग्रह
काठमाडौँ -नेपाल वायुसेवा निगमले आन्दोलनका क्रममा हराएका तथा चोरी भएका नगद तथा जिन्सी सामान बुझाउन आग्रह गरेको छ ।
आज एक सूचना जारी गरी निगमले भदौ २४ को ‘जेनजी’ प्रदर्शनका क्रममा निगमको कान्तिपथस्थित केन्द्रीय कार्यालयमा भएको तोडफोड, आगजनी, चोरी एवम् लुटपाटबाट हराएका सामग्री फिर्ता गर्न सबैलाई आग्रह गरेको हो ।
निगमको कार्यालयबाट नगद, मोबाइल, कम्युटर सेट, ल्यापटप, स्क्यानर, प्रिन्टर, हार्ड डिस्क, क्याल्कुलेटर, सोभिनियरलगायत सामग्री लुटपाट एवम् चोरी भएको जनाइएको छ ।
निगमले तोडफोड तथा चोरीमा संलग्न व्यक्तिको सिसिटिभी फुटेजमार्फत पहिचान गर्ने कार्य भइरहेको हुँदा सामान चाँडो फिर्ता गर्न र अन्यथा, चोरीमा संलग्न व्यक्तिलाई कानुनबमोजिम कारबाही गरिने जनाएको छ ।
ताजा अपडेट
-
प्रश्नपत्र चुहावट प्रकरण : भारतीय प्रधानमन्त्री मोदीले गरे फास्ट–ट्र्याक अदालत बनाउने घोषणा
-
जन्तरमन्तरमा सुरक्षा कडा, दिल्लीका १६ मेट्रो स्टेशन बन्द
-
देशका विभिन्न स्थानमा सात वटा राजमार्ग तथा सडक खण्ड अवरुद्ध
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा शुल्क छुट, विदेशी वायुसेवा कम्पनी आकर्षित गर्ने प्रयास
-
विश्वकप लिग-२ : जित्नै पर्ने दबाबमा रहेको नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै


प्रतिक्रिया