सरकारले भूमि समस्या समाधान आयोग खारेज गर्ने
काठमाडौं । सरकारले भूमि समस्या समाधान आयोग खारेज गर्ने भएको छ । खर्च कटौती र मितव्ययिता कायम गर्ने सम्बन्धमा अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भूमि समस्या समाधान आयोग खारेजको व्यवस्था मिलाउने निर्णय गरेको हो ।
केपी ओली नेतृत्वको सरकारले भूमिहीन, दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने भन्दै गत वर्षको कात्तिकमा सो आयोग गठन गरेको थियो ।
यसभन्दा अगाडिका विभिन्न सरकारले भूमिहीन, दलित, सुकुम्बासी लगायतलाई भूमि उपलब्ध गराउने भन्दै आयोग गठन गर्ने र फेरि पुनर्गठन गर्ने काम गर्दै आएका थिए । तर, भूमि सम्बन्धी समस्या भने अहिलेसम्म पनि जस्ताको तस्तै छ ।
ताजा अपडेट
-
प्रश्नपत्र चुहावट प्रकरण : भारतीय प्रधानमन्त्री मोदीले गरे फास्ट–ट्र्याक अदालत बनाउने घोषणा
-
जन्तरमन्तरमा सुरक्षा कडा, दिल्लीका १६ मेट्रो स्टेशन बन्द
-
देशका विभिन्न स्थानमा सात वटा राजमार्ग तथा सडक खण्ड अवरुद्ध
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा शुल्क छुट, विदेशी वायुसेवा कम्पनी आकर्षित गर्ने प्रयास
-
विश्वकप लिग-२ : जित्नै पर्ने दबाबमा रहेको नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै


प्रतिक्रिया