संयुक्त राष्ट्रसङ्घको ८०औँ महासभामा न्यूयोर्कस्थित स्थायी प्रतिनिधि सहभागी हुने
काठमाडौँ, ८ असोज स् संयुक्त राष्ट्र सङ्घको ८०औँ महासभामा नेपालका तर्फबाट न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले प्रतिनिधित्व गर्नुहुने भएको छ ।
मुलुकको वर्तमान विषम परिस्थितिमा नेपाल सरकारबाट तत्काल उच्चस्तरीय प्रतिनिधिमण्डल त्याहाँ जान सक्ने अवस्था नरहेकाले महासभामा स्थायी प्रतिनिधि थापाले नै नेपालका तर्फबाट प्रतिनिधित्व गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
राष्ट्रसङ्घको ८०औँ महासभाको बहस यही असोज ७ गतेदेखि न्यूयोर्कस्थित राष्ट्रसङ्घको मुख्यालयमा प्रारम्भ भएको छ ।
यसैगरी मुलुकको वर्तमान परिस्थितिमा केही मुलुकले नेपाललाई दिँदै आएको भिजिट भिसा रोकेको भन्ने सूचनाका सम्बन्धमा मन्त्रालयले सम्बन्धित मुलुकमा रहेका नेपाली राजदूतमार्फत आधिकारिक विषयका बारेमा जानकारी लिएको छ ।
मन्त्रालयले नेपालीहरू भिजिट भिसामा विभिन्न मुलुकमा गइरहेको अवस्थामा प्रश्न उठेका सम्बन्धमा व्यवस्थित बनाउनका लागि सम्बन्धित अधिकारीको उपस्थितिमा छलफल गरेको मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जानकारी दिए ।
(((
ताजा अपडेट
-
प्रश्नपत्र चुहावट प्रकरण : भारतीय प्रधानमन्त्री मोदीले गरे फास्ट–ट्र्याक अदालत बनाउने घोषणा
-
जन्तरमन्तरमा सुरक्षा कडा, दिल्लीका १६ मेट्रो स्टेशन बन्द
-
देशका विभिन्न स्थानमा सात वटा राजमार्ग तथा सडक खण्ड अवरुद्ध
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा शुल्क छुट, विदेशी वायुसेवा कम्पनी आकर्षित गर्ने प्रयास
-
विश्वकप लिग-२ : जित्नै पर्ने दबाबमा रहेको नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै


प्रतिक्रिया