कारागारबाट भागेकामध्ये एकैदिन ६२८ कैदीबन्दी फर्किए
काठमाडौँ । गत भदौ २४ गतेको ‘जेनजी’ प्रदर्शनका क्रममा भागेका कैदीबन्दीमध्ये आज एकैदिन ६२८ जना कारागार फर्किएका छन् । कारागार व्यवस्थापन विभागले आजसम्म सात हजार ७३५ कैदीबन्दी कारागारमा फर्किएका जानकारी दिएको छ । यसअघि हिजोसम्म सात हजार १०७ जना कैदीबन्दी कारागार फर्किएका विभागले जनाएको छ ।
विभागका निर्देशक चोमेन्द्र न्यौपानेले आज एकैदिन सबैभन्दा धेरै ६२८ जना कैदीबन्दी कारागार फर्किएका जानकारी दिए । उनले अधिकांश बैदीबन्दी आफँै आइरहेका भन्दै कतिपयलाई पक्राउ गरेर ल्याइएको बताए ।
गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा १४ हजार ५५६ जना कैदीबन्दी भागेका थिए । देशभर ३० हजार ६४० कैदीबन्दी थिए । जेनजी प्रदर्शनका क्रममा यही भदौ २४ गते कारागार तोडफोड तथा आगजनी हुँदा कैदीबन्दी मुलुकभरका कारागारबाट बन्दी भागेका थिए । नेपालका २८ वटा कारागार र नौ वटा सुधारगृहबाट उनीहरू भागेका थिए ।
ताजा अपडेट
-
प्रश्नपत्र चुहावट प्रकरण : भारतीय प्रधानमन्त्री मोदीले गरे फास्ट–ट्र्याक अदालत बनाउने घोषणा
-
जन्तरमन्तरमा सुरक्षा कडा, दिल्लीका १६ मेट्रो स्टेशन बन्द
-
देशका विभिन्न स्थानमा सात वटा राजमार्ग तथा सडक खण्ड अवरुद्ध
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा शुल्क छुट, विदेशी वायुसेवा कम्पनी आकर्षित गर्ने प्रयास
-
विश्वकप लिग-२ : जित्नै पर्ने दबाबमा रहेको नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै


प्रतिक्रिया