दसैँका लागि सामाजिक सुरक्षा भत्ता पाएपछि ज्येष्ठ नागरिक खुसी
जुम्ला । आसन्न दसैँमा सामाजिक सुरक्षा भत्ता पाएपछि तिला गाउँपालिकाका ज्येष्ठ नागरिक खुसी भएका छन् ।
गाउँपालिकाले भत्ता पाउने सबै लाभग्राहीको बैंक खातामा भत्ता जम्मा गरेको तिला गाउँपालिका पञ्जीकरण शाखाका प्रमुख बखत हमालले जानकारी दिए ।
गाउँपालिकाले चाडबाड मनाउन सजिलो होस् भन्ने उद्देश्यसहित चालु आर्थिक वर्षको पहिलो त्रैमासिकअन्तर्गतका सामाजिक भत्ता प्राप्त गर्ने ज्येष्ठ नागरिक, असहाय तथा अपाङ्गता भएका व्यक्ति, एकल महिलालगायतका लाभग्राहीको बैंक खातामा जम्मा गरिएको उनले बताए ।
दसैँलाई लक्षित गरेर सामाजिक सुरक्षा वितरण गरेपछि यहाँका स्थानीयलाई राहत भएको तिला–१ का स्थानीयवासी नर रावतले जानकारी दिए । स्थानीयको सहजताका लागि गाउँपालिकाले बैंकसँग समन्वय गरेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । चाडबाडको बेलामा ज्येष्ठ तथा असक्त नागरिकलाई पहिलो प्राथमिकता दिएर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले जानकारी दिए ।
नागरिकलाई स्थानीय सरकार भएको अनुभूति दिलाउन गाउँपालिकाले विभिन्न रचनात्मक काम गरिरहेको उनको भनाइ छ । गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको सङ्ख्या तीन हजार १५२ जना रहेको जनाइएको छ ।
ताजा अपडेट
-
परराष्ट्रमन्त्री खनाल तीन दिने भारत भ्रमणमा
-
सुदन गुरुङमाथि छानबिन गर्न गठित समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन
-
मोदी मेरा घनिष्ठ मित्र हुन्, भारतसँग व्यापार सम्झौता छिट्टै हुने आशा छः ट्रम्प
-
राज्य व्यवस्था समितिको बैठक आज बस्दै, तीन उपसमिति गठनको तयारी
-
मनसुन भारतको केरला आइपुग्यो, नेपाल कहिले आइपुग्छ ?


प्रतिक्रिया