अविरल वर्षाः विभिन्न राजमार्गमा सवारीसाधन अलपत्र
काठमाडौँ -अविरल वर्षाका कारण काठमाडौँ उपत्यका भित्रने र बाहिरिने विभिन्न राजमार्गमा सवारीसाधन रोकिएका छन् । चन्द्रागिरि नगरपालिकाबाट विभिन्न नाका हुँदै काठमाडौँबाट धादिङ र मकवानपुर भएर बाहिरिने सडकखण्डमा अर्को आदेश नभएसम्मका लागि दुवैतर्फका सवारीसाधन होल्ड गरिएको नेपाल प्रहरीले जनाएको छ ।
पहिरोले रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ घट्टेखोला, बालुवाखानी र तातोपानीस्थित पासाङल्हामु सडकखण्ड पनि अवरुद्ध भएको छ । सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ स्थित वरुणखोलाको बाढीले ह्युमपाइप बगाउँदा सदरमुकाम खाँदबारीबाट थुमसुर जाने कोशी राजमार्ग पूर्ण रूपमा बन्द भएको छ ।
पहिरोको जोखिम बढेपछि बिपी राजमार्गमा यही असोज २१ गतेसम्म साँझ ५ः०० देखि बिहान ५ः०० बजेसम सवारी सञ्चालनमा रोक लगाइएको छ । सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–४ चारकिलोस्थित अरनिको राजमार्गको केही भाग भासिएकाले भाअिन्दाजी सडक पूर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
प्रश्नपत्र चुहावट प्रकरण : भारतीय प्रधानमन्त्री मोदीले गरे फास्ट–ट्र्याक अदालत बनाउने घोषणा
-
जन्तरमन्तरमा सुरक्षा कडा, दिल्लीका १६ मेट्रो स्टेशन बन्द
-
देशका विभिन्न स्थानमा सात वटा राजमार्ग तथा सडक खण्ड अवरुद्ध
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा शुल्क छुट, विदेशी वायुसेवा कम्पनी आकर्षित गर्ने प्रयास
-
विश्वकप लिग-२ : जित्नै पर्ने दबाबमा रहेको नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै


प्रतिक्रिया