निरन्तर निगरानी एवं अनुगमन भइरहेको छः गृहमन्त्री अर्याल
काठमाडौँ -गृहमन्त्री ओमप्रकाश अर्यालले भारी वर्षापछिको विपद्का क्रममा हुने राहत एवं उद्धारको निरन्तर निगरानी एवं अनुगमन भइरहेको बताएका छन् ।
विपद् जोखिम न्यूनीकरणका लागि भइरहेका कामबारे जानकारी दिन आज भिडियो सन्देश जारी गर्दै उनले निरन्तर कामको अनुगमन र निगरानी भइरहेको बताएबा हुन् ।
असोज १७ गते बेलुकीदेखि निरन्तर परिरहेको वर्षाको मन्त्रालय र अन्तर्गतका निकायले पहिलेदेखि नै सूचना जारी गरेर सतर्क गराइएको उनले उल्लेख गरेका छन् । साथै, ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकाय, जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलगायत निकायबीच समीक्षा बैठक गरी काम भइरहेको पनि उनले जानकारी दिए ।
ताजा अपडेट
-
प्रश्नपत्र चुहावट प्रकरण : भारतीय प्रधानमन्त्री मोदीले गरे फास्ट–ट्र्याक अदालत बनाउने घोषणा
-
जन्तरमन्तरमा सुरक्षा कडा, दिल्लीका १६ मेट्रो स्टेशन बन्द
-
देशका विभिन्न स्थानमा सात वटा राजमार्ग तथा सडक खण्ड अवरुद्ध
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा शुल्क छुट, विदेशी वायुसेवा कम्पनी आकर्षित गर्ने प्रयास
-
विश्वकप लिग-२ : जित्नै पर्ने दबाबमा रहेको नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै


प्रतिक्रिया