राष्ट्रपति पौडेलले बोलाएको सर्वदलीय बैठक जारी,दोस्रो तहका नेता सहभागी
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आव्हान गरेको सर्वदलीय बैठकमा दलका शीर्ष तहका नेताहरू शितलनिवास पुगेका छन् ।
राष्ट्रपति पौडेलको सक्रियतामा बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्री सुशीला कार्की सहित सरकारका सबै मन्त्री सहभागी छन्।
नेपाली काँग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा सहभागी छन् । नेकपा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल, नेकपा माओवादी केन्द्रबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव वर्षमान पुन शितलनिवासको बैठकमा सहभागी भएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट कार्यवाहक सभापति डिपी अर्याल र सहमहामन्त्री विपिनकुमार आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रवक्ता ज्ञानेन्द्र शाही र मिना लामा सहभागी छन् ।
यसैगरी नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव धनश्याम भुसाल सहभागी भएका छन् ।
जनता समाजवादी पार्टीबाट रेनु यादव, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत र डा जयकान्त राउत, लोकतान्त्रिक समाजवादी पार्टीबाट ज्ञानेन्द्र झा र सर्वेन्द्रनाथ शुक्ला, नागरिक उन्मुक्ति पार्टीबाट रेशम चौधरी र नेपाल मजदुर किसान पार्टीबाट सुनिल प्रजापति सहभागी भएका छन् ।
ताजा अपडेट
-
मोदी मेरा घनिष्ठ मित्र हुन्, भारतसँग व्यापार सम्झौता छिट्टै हुने आशा छः ट्रम्प
-
राज्य व्यवस्था समितिको बैठक आज बस्दै, तीन उपसमिति गठनको तयारी
-
मनसुन भारतको केरला आइपुग्यो, नेपाल कहिले आइपुग्छ ?
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोरसँग रास्वपा सभापति लामिछानेको भेट
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ


प्रतिक्रिया