रामजी राम मन्त्री बन्न तयार तर आएको छैन अहिलेसम्म प्रस्ताव
काठमाडौं । सीमान्त र विपन्न परिवारमा जन्मिएर निकै संघर्षका साथ चिकित्सक बन्न सफल डा. रामजी रामको नाम स्वास्थ्य मन्त्रीका रूपमा चर्चा छ । केही सञ्चार माध्यमले उनीसहित चार मन्त्रीलाई सोमबार शपथ गराउने गरी तयारी अघि बढाइएको दाबी गरेका छन् ।
तर डा. राम स्वयंले भने अहिलेसम्म कसैले पनि आफूलाई मन्त्रीको प्रस्ताव नगरेको बताएका छन् । मन्त्रीको प्रस्ताव आएको खण्डमा भने आफू तयार रहने उनको भनाइ छ ।
‘अहिलेसम्म कहीँ कतैबाट मन्त्री बन्नुपर्यो भनेर प्रस्ताव आएको छैन,’ चन्द्रनिगाहपुर अस्पतालमा कार्यरत उनले भने, ‘यदि आयो भने म तयार छु ।’ परिवर्तन हामीले नै गनुपर्ने र त्यसका लागि सक्षम रहेको उनले बताए ।
जेनजी विद्रोहपछि गत भदौ २७ गते पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो । कार्कीले एउटा मन्त्रीलाई दुई मन्त्रालय दिनेगरी ११ मन्त्री बनाउन लागेको सार्वजनिक रूपमा बताएकी छन् । दुई पटक मन्त्रिपरिषद् विस्तार गरेर ८ सदस्य बनाएकी उनले बाँकी मन्त्री अहिलेसम्म नियुक्त गर्न सकेकी छैनन् ।
ताजा अपडेट
-
प्रश्नपत्र चुहावट प्रकरण : भारतीय प्रधानमन्त्री मोदीले गरे फास्ट–ट्र्याक अदालत बनाउने घोषणा
-
जन्तरमन्तरमा सुरक्षा कडा, दिल्लीका १६ मेट्रो स्टेशन बन्द
-
देशका विभिन्न स्थानमा सात वटा राजमार्ग तथा सडक खण्ड अवरुद्ध
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा शुल्क छुट, विदेशी वायुसेवा कम्पनी आकर्षित गर्ने प्रयास
-
विश्वकप लिग-२ : जित्नै पर्ने दबाबमा रहेको नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै


प्रतिक्रिया