प्रचण्डको सचिवालयले दियो पूर्वएआईजी सुवेदीविरुद्ध साइबर ब्युरोमा उजुरी
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले नेपाल प्रहरीका पूर्वएआईजी देवेन्द्र सुवेदीविरुद्ध साइबर ब्युरोमा उजुरी दिएको छ ।
सुवेदीले केही दिनअघि एक युट्युब च्यानललाई अन्तर्वार्ता दिँदै आन्दोलनको दुई दिनअगाडि प्रचण्ड निवासबाट दुई ट्रक पैसा लोड गरेर अन्यत्र लगिएको दाबी गरेका थिए ।
सुवेदीको उक्त दाबी तत्काल खण्डन गरेको सचिवालयले आइतबार नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएको हो ।
प्रचण्डको सचिवालयले भ्रामक कुरा फैलाउने सुवेदीविरुद्ध कारबाही माग गर्दै साइबर ब्युरोमा उजुरी दिएको जनाएको छ ।
जेनजी विद्रोहका क्रममा प्रदर्शनकारीहरूले राजनीतिक दलका नेताका घरमा आगजनी गरेका थिए । त्यसक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निवासमा डढेको अवस्थामा स्वदेशी तथा विदेशी मुद्रा फेला परेका थिए । त्यसको केही दिनपछि सम्पत्ति शुद्धीकरण विभागले देउवा र दाहालको निवासमा स्थलगत अवलोकन गरी यसबारे आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइसकेको छ ।
ताजा अपडेट
-
मोदी मेरा घनिष्ठ मित्र हुन्, भारतसँग व्यापार सम्झौता छिट्टै हुने आशा छः ट्रम्प
-
राज्य व्यवस्था समितिको बैठक आज बस्दै, तीन उपसमिति गठनको तयारी
-
मनसुन भारतको केरला आइपुग्यो, नेपाल कहिले आइपुग्छ ?
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोरसँग रास्वपा सभापति लामिछानेको भेट
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ


प्रतिक्रिया