NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २२ गते

विमानस्थलबाट गाँजासहित तीन भारतीय पक्राउ

काठमाडौँ । प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको भन्सार क्षेत्रबाट अवैध लागू औषध गाँजासहित तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा ५० वर्षीय सलिम इब्राहिम अन्सारी, २४ वर्षीय रेहान मोहम्मद अजाज शेख तथा ३२ वर्षीया जैनब वशीर रहेका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा करिब ११ किलो २७५ ग्राम गाँजा फेला पारी पक्राउ गरेको हो ।

ताजा अपडेट

नेपालवाच विशेष