नियमित लयतर्फ सर्वोच्च, आजबाट रिट निवेदन दर्ता
काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी विद्रोहको निशानामा परेको सर्वोच्च अदालतले मंगलबारदेखि रिट निवेदन दर्ता गर्ने भएको छ ।
सर्वोच्चले एक सूचना जारी गर्दै मंगलबारबाट रिट निवेदन लिन लागिएको जनाएको छ ।
सर्वोच्चका अनुसार मंगलबारदेखि मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५७ तथा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७३, १३७ र १५५ का निवेदनहरूको दर्ता एवं सुनुवाइ हुनेछ ।
म्याद, हदम्याद र तारिख लिने सेवा सञ्चालन गर्न भने अझै केही समय लाग्ने भएको छ । यी सेवा सञ्चालन नभए पनि म्याद नगुज्रने सर्वोच्चले जनाएको छ ।
गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालतमा आगजनी गरिएको थियो । आगजनीबाट पुराना कागजात र मुद्दाका मिसिल जलेका थिए ।
त्यसपछि बन्दी प्रत्यक्षीकरणसहित अत्यावश्यक मुद्दाको मात्र सुनुवाइ गरिएको थियो । अवस्था केही सहज भएपछि सर्वोच्चले मंगलबारबाट रिट निवेदन लिने निर्णय गरेको हो ।
ताजा अपडेट
-
मोदी मेरा घनिष्ठ मित्र हुन्, भारतसँग व्यापार सम्झौता छिट्टै हुने आशा छः ट्रम्प
-
राज्य व्यवस्था समितिको बैठक आज बस्दै, तीन उपसमिति गठनको तयारी
-
मनसुन भारतको केरला आइपुग्यो, नेपाल कहिले आइपुग्छ ?
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोरसँग रास्वपा सभापति लामिछानेको भेट
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ


प्रतिक्रिया